|

सिन्धुपाल्चोक : चौतारा साँगाचोकगढी नगरपालिका ५ मा गएराति मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सदरमुकाम चौतारा बजारबाट निर्माण सामग्री लिएर जाँदै गरेको बा ४ ख २९ ६० नम्बरको ट्रक दुर्घटना भएको हो।

दुर्घटनामा लिश‌ंखु–७ का शशिकुमार लामामा मृत्यु भएको हो। अर्का  एक जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका डीएसपी विमलराज कणेलले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.