प्रहरी भन्छ: अनुसन्धान जारी छ

|
१५ मंसिरमा हत्या गरिएका सुबेदी दम्पतीको फाइल फोटो।

बारा : जितपुरसिमरा उपमहानगरपालिकाको बजनीमा सुवेदी दम्पतीको हत्या भएको ४४ दिन पूरा भएको छ। सुवेदी दम्पतीको १५ मंसिर राति हत्या भएको थियो। दीपकको गोठ छेउको परालको कुन्युमा र दीपाको गोठभित्रै हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।  

स्थानीय आक्रोशित
हत्या भएको महिनौ दिन बितिसक्दासमेत प्रहरी प्रशासनले हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन्। सुवेदी दम्पतीको हत्या भएदेखि नै बजनीका स्थानीय समसाँझै घर बाहिर निस्कन पनि डराउन थालेका छन्। प्रहरीले हत्यारलाई प्रक्राउ गरी सार्वजनिक गर्न नसक्दा बजनीवासीले असुरक्षित महसुस गर्न थालेका छन्। 

सडक संघर्ष गर्ने तयारी
प्रहरी प्रशासनलाई दबाब दिन एक साताअघि चक्काजाम गरेका महिलाहरुले फेरि सडक संघर्ष गर्ने तयारी गरेका छन्। केही दिनअघि महिलाहरूले गरेको चक्काजाममा इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टले आफूहरू अनुसन्धानको नजिक रहेको भन्दै केही दिन भित्रमा हत्यारा सार्वजनिक गर्ने बताए।

 अनुसन्धान जारी छ : प्रहरी  
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी प्रहरी उपरीक्षक राजकुमार बैदवारले सुवेदी दम्पती हत्याको गम्भिर रुपमा अनुसन्धान अघि बढाएको बताएका छन् । ‘घटनासंग जोडिएका हरेक विषयलाई गम्भिर रुपमा केलाएर अनुसन्धान भइरहेको छ,’ प्रहरी उपरीक्षक बैदवारले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.