उदयपुर : चौदण्डी नगरपालिका– २ लामा खोलामा ट्रयाक्टरबाट लडेर गम्भीर घाइते भएका एक युवककको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी नवराज भट्टका अनुसार १८ वर्षीय सन्तोष खत्रीको मृत्यु भएको हो।
शनिबार ४ बजे ना २ त ९२३० नम्बरको ट्रयाक्टरबाट लडेर घाइते भएका खत्रीको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गएराति मृत्यु भएको हो। ट्याक्टरका चालक प्रहरीचौकी बसाहको नियन्त्रणमा रहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।