|

उर्लाबारी (मोरङ ): रतुवामाई नगरपालिका– १० स्थित उर्लाबारी–बरडंगा सडकखण्डमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। 

उर्लाबारीबाट आमबाडी जाँदै गरेको को १ ख १९६४ नम्बरको बसले सोही दिशामा गइरहेको साइकललाई ठक्कर दिँदा रतुवामाई– ९ का ४८ वर्षीय काशीराम धामी थारुको मृत्यु भएको हो। 

बसको ठक्करबाट गम्भीर घाइते भएका धामी थारुलाई उपचारका लागि न्यूरो अस्पताल विराटनगर लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो। ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.