|

नवलपरासी: बर्दघाट सुस्ता पूर्व मध्यबिन्दु नगरपालिका– ११ मा फेला परेको गोहीलाई उद्धार गरिएको छ। स्थानीय श्री डिष्ट्रिलरी प्रालिको हाताभित्र फेला परेको करिब दुई फिट लम्बाइ रहेको बयस्क  घडियाल गोहीलाई उद्धार गरी नारायणी नदीमा छाडिएको हो। 
शनिबार स्थानीयले गोहीलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए। सेक्टर वन कार्यालय अरूणखोला, सशस्त्र प्रहरी चोरमारा, प्रहरी चौकी अरूणखोला र नेपाली सेनाको टोलीले उक्त गोहीलाई मध्यबिन्दु- १५ मा पर्ने नारायणी नदीमा लगेर छाडेको सेक्टर वन कार्यालय अरुणखोलाका इन्चार्ज अरुणकुमार मित्रले जानकारी दिए। 

नारायाणी नदीबाट आहारा खोज्दै गोही आएको हुनसक्ने अनुमान गरिएको मिश्रले जानकारी दिए। करिब साढे दुई फिट लम्बाइ रहेको बयस्क घडियाल गोही फेला परेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.