|

बारा : शीतलहरका कारण जिल्लामा थप एक जनाको मृत्यु भएको छ। शुक्रबार सिम्रौनगढ–५ की ३३ वर्षीया कृणादेवी नुनियाइनको मृत्यु भएको हो।

आर्थिक अवस्था कमजोर भएकाले अत्यधिक चिसोका कारण कठ्यांग्रिएर कृणादेवीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ। यससँगै जाडोले कठ्यांग्रिएर ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। बाराको सिम्रौनगढ नगरपालिकामा तीन जना र बारागढी गाँउपालिकामा र प्रसौनीमा एक\एकको मृत्यु भएको हो। 
चिसोकै कारणयसअघि सिम्रौनगढ–९ बसबरियाका ६५ वर्षीय नन्दलाल यादव, सिम्रौनगढ–८ कचोर्वाका ६० वर्षिय अनसिकराय यादव, बारागढी–१ पिपरा बसतपुरका ७० वर्षिय लक्ष्मण मिश्र र आईतबार प्रसौनी गाँउपालिकाका १४ वर्षीय अमरराज कुशवाहको मृत्यु भएको थियो।  

रेडक्रसद्वारा कम्बल वितरण
केहि हप्ता देखि अत्याधिक बढेको चिसोबाट प्रभावित विपन्न परिवारलाई नेपाल रेडक्रस सोसाइटी निजगढ उपशाखाले कम्बल वितरण गरेको छ। उपशाखा उपसभापति गंगा शिवाकोटीको नेतृत्वमा रहेका रेडक्रसकर्मीले निजगढ नगरपालिकाका १,२,३,७ र ९ वडाका ३० विपन्न परिवारलाई कम्मल वितरण गरेको रेडक्रस पूर्वसभापति कृष्णप्रसाद खरेलले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.