समाज

जयरामघाटमा पुल बनेपछि हलेसी आउने पर्यटक बढे
SHARES

पुस ३०, २०७४

    खोटाङ : राजधानी काठमाडौंलगायत तराईका जिल्ला जाने प्रमुख मार्ग जयरामघाटमा पक्की पुल बनेपछि धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने आन्तरिक तथा बाह्‍य पर्यटकको संख्या ह्वात्तै बढेको छ।  

    खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोसीमा मोटरेबल पक्की पुल बनेपछि आवतजावतमा सहज भएकाले हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको हो। 

    निर्माण कार्य थालेको नौ वर्षपछि बल्ल पक्की पुल सञ्चालनमा आएपछि हिउँद वर्षा बाह्रैमास नदी वारपार गर्ने वातावरण बनेसँगै हलेसीमा दर्शनार्थी, पर्यटक आउन थालेको हलेसी विकास समितिका कार्यकारी निर्देशक सम्बरबहादुर भुजेलले बताए। 'जयरामघाटमा पक्की पुल बनेसँगै सहजरूपमा सवारीसाधनबाट सिधै दूधकोसी तरेर हलेसी आउने वातावरण बनेको छ।' उनले भने, 'यसअघि, सुनसानजस्तै हुने हलेसीमा पछिल्लो समय दैनिकजसो आन्तरिक तथा बाह्‍य पर्यटकको बाक्लो भीड लाग्ने गरेको छ।'

    मध्यपहाडी लोकमार्गले छोएका कारण हलेसी आउन सहज भए पनि पुलको अभावमा वर्षाको समयमा आन्तरिक तथा बाह्‍य दर्शनार्थी कम आउने गरेका थिए । जयरामघाटको पक्की पुल गत मंसिर ८ गतेदेखि सञ्चालनमा आएको हो । 

    हिन्दू, बौद्ध र किरात धर्मालम्बीको त्रिवेणीस्थल मानिने हलेसीमा नेपाललगायत छिमेकी राष्ट्र भारत, चीन, भुटान, बंगलादेश, कोरिया लगायतका हजारौँ दर्शनार्थी आउने गरेका छन्। 

    हलेसीमा आन्तरिक तथा बाह्‍य पर्यटक बढेसँगै व्यापार व्यवसाय पनि फस्टाउँदै गएको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताए।  
    विगतका वर्षमा खाली रहने हलेसीका होटल अहिले भरिभराउ छन्।' उनले भने, 'पर्यटक र दर्शनार्थीको संख्या बढ्न थालेपछि सुविधा सम्पन्न होटल खोल्ने क्रम पनि सुरु भएको छ।'

    धार्मिक तथा सांस्कृतिक रूपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रही आएको छ। महादेवगुफा, धर्मद्वार, पापद्वार, बसाहागुफा, भैरवगुफा, दुङ्देलोगुफा लगायतका धार्मिक तथा पर्यटकीयस्थल अवलोकन गर्न आन्तरिक तथा बाह्‍य पर्यटक र दर्शनार्थी आउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हर्कराज राईले जानकारी दिए। 

    सदरमुकाम दिक्तेलबाट पश्चिमी क्षेत्रमा पर्ने हलेसीमा रामनवमी, शिवरात्रि, बालाचतुर्दशी, हरितालिका तिज लगायतमा ठूलो मेला लाग्ने गर्दछ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]