|

सल्यान : सल्यानका तीन गाउँपालिकाको नाम र केन्द्र परिवर्तन भएको छ। जिल्लाको कुमाखमालिका, ढोरचौर र दार्मागाउँपालिकाको नाम र केन्द्र परिर्वतन भएको हो। कुमाखमालिका गाउँपालिकामा नाम परिवर्तन गरेर कुमाख गाउँपालिका राखिएको छ भने केन्द्र रागेचौर र त्रिवेणीको बीचमा राखिने भएको छ। यसअघि, गाउँपालिकाको केन्द्र मर्मपरिकाँडाको पुरानो गाविस भवनमा रहेको थियो। 

यस्तै, ढोरचौर गाउँपालिकाको नाम परिवर्तन गरेर शिद्ध कुमाख गाउँपालिका राखिएको छ। साविकको सिद्धेश्वरी गाविसको कार्यालयमा रहेको केन्द्र पनि परिवर्तन गरी ढोरचौर सारिएको छ। उता दार्मा गाउँपालिकाको केन्द्र पनि परिवर्तन गरिएको छ। भल्चौर- ४ मा रहेको केन्द्र सारेर फारुलाचौर लगिएको राजपत्रमा प्रकाशित गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.