खेलकुद

मध्यमाञ्‍चल तेक्‍वान्‍दो छनोट प्रतियोगितामा ललितपुर प्रथम
SHARES

पुस ३०, २०७४

    काठमाडौंः हेटौँडामा सम्पन्न राष्ट्रिय खेकुद परिषद् राखेप च्याम्पिनसिप मध्यामाञ्चल क्षेत्रीय छनोट प्रतियोगितामा ललितपुर जिल्ला तेक्वान्दो टिम प्रथम भएको छ। राष्ट्रिय तेक्वान्दो संघ मकवानपुरको आयोजनामा भएको खेलमा ललितपुर जिल्ला प्रथम भएको हो।

    ललितपुरले ५ स्वर्ण ६ रजत र ७ कांस्य हात पार्दै प्रथम भएको राष्ट्रिय तेक्वान्दो संघ ललितपुरका सचिव बिमलकुमार अछामीले बताए। आयोजक मकवानपुरले ४ स्वर्ण २ रजत र ४ कांस्यसहित दोस्रो भयो भने, ४ स्वर्ण २ रजत १ कांस्य जित्दै काठमाडौं तेस्रो भयो।

    प्रतियोगिताको उत्कृष्ट पुरुष खेलाडी ललितपुरकै ५८ तौल समूहका जीवन लामा घोषित भए भने महिलातर्फ चितवनका प्रेणा भुजेल भए। विजेता खेलाडीले धनकुटामा हुने राखेप राष्ट्रिय च्याम्पियनसीप प्रतियोगितामा सहभागी हुन पाउने आयोजकको भनाइ छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]