|

बैतडी : बैतडीको पुरचौडी नगरपालिकाको सेवा केन्द्र रहेको स्थानमा खानेपानीको हाहाकार भएको छ। सेवा केन्द्र रहेको हाट वसन्तपुर बजारमा ६ महिनादेखि खानेपानीको हाहाकार भएको हो।

खानेपानीको अभाव हुँदा स्थानीय वासिन्दा खोलाको दूषित पानी पिउन बाध्य भएका छन्। खानेपानीको व्यवस्था नहुँदा खोलाको दूषित पानी पिउनुपरेको हाट वसन्तपुरमा मेडिकल सञ्चालन गर्दै आएका अम्बादत्त अवस्थीले गुनासो गरे। उनले भने, ‘नगरपालिकाको केन्द्र हो तर अहिलेसम्म खानेपानीको व्यवस्था नहुँदा मेडिकलमा समेत खोलाको दूषित पानी प्रयोग गर्नुपर्ने बाध्यता छ।’

यहाँका होटेल व्यवसायीहरूमा पनि खोलाको पानी हुँदै आएको छ। निर्वाचनका समयमा यस क्षेत्रमा खानेपानी र सार्वजनिक शौचालय निर्माण गर्ने राजनीतिक दलहरुले प्रतिबद्धता जनाएका थिए। तर, निर्वाचन सम्पन्न भएको लामो समय भएपनि अहिलेसम्म यसबारे सुनुवाई नभएको स्थानीय अनिरुद्र जोशीले बताए।
नगरपालिकाको वडा नम्बर एकका प्रत्येक घरमा धारा जडान गरिए पनि धारामा पानी आउँदैन। खाने पानी उपभोक्ता समिति निष्क्रिय बनेपछि यहाँ आउने खानेपानी बन्द भएको हो।

३ वर्ष पहिले बनेको खानेपानी योजना वितरणमा समस्या आउँदा खानेपानीको समस्या भएको नगरपालिकाका उपप्रमुख जयन्ती ऐरबमले बताइन्। ‘उपभोक्ताको लापरवाहीले गर्दा गत असारदेखि नै मुख्य ट्याङ्कीदेखि घरसम्म पानी पुग्न सकेको छैन,’ उनले भनिन्। मुख्य ट्यांकी र पाइपलाइन मर्मतको काम भइरहेकाले समस्या छिट्टै समाधान हुने उनले बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.