अर्थ

६ महिनाभित्र नेपाल टेलिकमले देशैभर 'फोरजी' सेवा विस्तार गर्ने, यसरी थाल्यो काम
SHARES

पुस ३०, २०७४

    काठमाडौं : चौथो पुस्ताको मोबाइल सेवा (फोरजी)का लागि पहिलो अनुमति पाएको नेपाल टेलिकम (एनटिसी)ले चालु आर्थिक वर्ष (आगामी ६ महिना) भित्र देशैभर सेवा विस्तार गर्ने तयारीमा जुटेको छ। गत वर्ष नेपाल दूरसञ्‍चार प्राधिकरणबाट 'फोरजी'को लागि अनुमति पाएसँगै टेलिकमले काठमाडौं र पोखरामा पुस १७ गतेबाट 'फोरजी' विस्तार गरेको हो।

    टेलिकम चालु आर्थिक वर्षभित्र अहिले देशैभर विस्तार गर्ने अभियानमा जुटेको नेपाल टेलिकमकी कार्यकारी निर्देशक कामिनी राजभण्डारीले बताइन्। 'हामीले विश्‍वमा भित्रिएको नयाँ प्रविधि जतिसक्यो छिटो भित्र्याउन आवश्‍यक छ, फोरजी हामीले भित्र्याइसकेका छौँ, अब एकसाथ देशभर चलाउछौँ' राजभण्डारीले थाहा खबरसँग भनिन्। उनले यसै आर्थिक वर्षभित्र देशभर एकसाथ फोरजी सञ्‍चालन गर्ने गरी  नेपाल टेलिकम तयारीमा जुटेको बताएकी छन्।

    'अब कहाँ, कैले भन्ने कुरै छैन, देशैभरका कुना कन्दारामा एकै पटक, एकै साथ सेवा सुरु गर्छौ ंभण्डारीले भनिन् ' यसै आर्थिक वर्षभित्र सक्ने गरी काम काम सक्ने लक्ष्य बोकेर काम अघि बढाएका छौँ।'

    सेवा विस्तारका लागि टेलिकमले नेटवर्क, बिटिएस र टावर थप गर्ने प्रकिया सुरु गरेको छ। यसका लागि टेलिकमले विश्‍वव्यापी रूपमा टेण्डर आह्‍वान गरिसकेको छ। एनटिसीका अधिकारीहरुका अनुसार करिब ३२ अर्बको (अनुमानित) लागत मानेर खुलाइएको टेण्डरमा करिब १८ अर्ब बराबरको प्रस्ताव आएको छ। एलटिइ कोर नेटवर्क र र्‍याम,बिटिएस गरी दुई भागमा बाँडेर गत साता दुई दिन सोमबार र बुधबार टेण्डर खुलाइएको थियो।

    यो नेटवर्क विस्तारपछि हाल तेस्रो पुस्ता (थ्रिजी) र दोस्रो पुस्ता (टुजी)को मोबाइल सेवा नेटवर्क रहेको ठाउँमै फोरजीको नेटवर्क पनि रहनेछ। टेलिकमले भर्खर टेन्डर खोलेकोले प्रविधिक तथा वित्तीय प्रस्तावको अध्ययनपछि सम्झौताको प्रक्रिया अगाडि बढाउनेछ।

    'टेण्डर आह्‍वान काम हामीले गरिसकेका छौँ, परेका टेण्डरमा अध्‍ययनपछि सम्झौता प्रकिया अघि बढाउने र काम पनि सुरु गर्नेछौँ' कार्यकारी निर्देशक राजभण्डारीले भनिन्। उनका अनुसार लङ टाइम इभोलुसन नेटवर्क विस्तार गरी सातै प्रदेशका सबै ठाउँमा फोरजी सेवा विस्तार हुनेछ।

    योपछि टेलिकम भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भोओएलटी) सेवा ल्याउने योजनामा छ। नेटवर्क विस्तारपछि सातै प्रदेशमा यो सुविधा उपभोक्ताले पाउनेछन्। नयाँ प्रविधिमा गएपछि उपभोक्ताहरूले फोन गर्दा अहिलेभन्दा कम अवरोध पाउने टेलिकमले जनाएको छ।

    हाल प्रचलनमा रहेको वाइम्याक्स, सिडिएमएजस्ता प्रविधिको ठाउँमा लङ टाइम इभोलुसन (उच्च गुणस्तरीय) नेटवर्कमा आम उपभोक्तालाई जोड्ने योजनाअनुरूप आयोजना अगाडि बढाइएको राजभण्डारीले जानकारी दिइन्।

    आयोजना सम्पन्न भएसँगै देशभर लङ टाइम इभोलुसन नेटवर्क पुग्ने र त्यसपछि आउने फाइभजी जस्ता सेवा पनि त्यही नेटवर्कबाट अपग्रेड गर्न मिल्नेछ। 'आयोजना सम्पन्न भएपछि हामीलाई देशैभर फोरजी विस्तार मात्रै होइन, भोलि फाइबजी विस्तार गर्नका लागि पनि यसैले काम गर्नेछ' भण्डारीले भनिन्।

    थ्रिजीको तुलाना फोरजीमा १० गुणा द्रुत गतिमा इन्टरनेट चलाउनुपर्ने भए पनि तत्काललाई ३ गुणा छिटो इन्टरनेट चल्नेछ। थ्रिजीमा १२ एमबिपिएसको गतिमा इन्टरनेट चल्छ भने फोरजीमा ३२.४ एमबिपिएस र व्यावसायिक सुरुआतपछि ४० एमबिपिएसमा इन्टरनेट चल्नेछ।

    टेलिकमले ग्राहकको समस्या सम्ब‍ोधन गर्दै गुणस्तरीय सेवा, नेपालभरी सर्वसुलभ नेट गराउने अभियानमा लागेको प्रतिक्रिया राजभण्डारीको छ। 'अप्टिकल फाइबरबाट इन्टरनेट सेवा दिनुपर्ने हुन्छ, अप्टिकल फाइबर बढाएका छौँ, अब ग्राहकलाई कुनै अवरोध हुँदैन' राजभण्डारीले भनिन्।

भागवत भट्टराई

भागवत भट्टराई आर्थिक र समसामायिक विषयमा रिपोर्टिङ गर्छन्। 

@BhagwatBhattrai

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]