|

दक्षिण अफ्रिकाविरुद्ध दोस्रो टेस्टमा भारतीय टिमको ‘प्लेइङ इलेभन’लाई लिएर भारतीय कप्तान विराट कोहलीको अहिले चौतर्फी ओलोचना भइरहेको छ। जसको कारण पहिलो टेस्टमा ६ विकेट लिएका भुवनेश्वर कुमारलाई टिमबाहिर राखिनु मुख्य रहँदा उपकप्तान आजिंक्य रहाणेलाई पनि टिममा स्थान नदिनु कोहली आलोचनाको मुख्य कारणका रूपमा रहेको छ।

उत्कृष्ट फर्ममा रहेका बलर भुवनेश्वरलाई टिम बाहिर राखेसँगै कप्तान कोहलीको खुलेर आलोचना गरिएको छ। भुवनेश्वर कुमारको स्थानमा कोहलीले इशान्त शर्मालाई टिममा स्थान दिएका छन्। कोहलीको यो निर्णयलाई धेरैले आश्चर्यका रूपमा हेरेका छन् समर्थकले मात्र होइन क्रिकेट पण्डीतहरूले पनि कोहलीले निकै खराब र कच्चा निर्णय गरेको जनाएका छन्। केपटानउमा भुवनेश्वरले भारतलाई सुरुआती अग्रता दिलाएका थिए भने मुस्किल अवस्थामा टिमको ब्याटिङ लाइनअप पनि समालेका थिए।

कडा आलोचना भएपछि विराट कोहलीले भुवनेश्वरका लागि सेन्चुरियनको पिच सहज नभएको र इशान्तका लागि राम्रो भएका कारण इशान्तलाई मौका दिएको बताएका छन्। तर, उनको यो भनाइको दोस्रो टेस्टको पहिलो दिननै खण्डन भइसकेको छ। पहिलो दिन रविचन्द्रन आश्विनले तीन विकेट लिँदा इशान्त शर्माले १ विकेट लिएका छन्।
विराटको यो निर्णयमा तीव्र असन्तुष्टि राख्नेमा भारतका पूर्वकप्तान सुनील गावस्कर रहेका छन्। उनले भनेका छन्, ‘यस्तो पिचमा बलरहरुको स्विङ बलमा ब्याट्सम्यानहरूले ब्याटिङ गर्न सक्दैनन्। यस्तोमा भुवनेश्वरलाई बाहिर राख्नु अच्चमको कुरा हो।’ त्यस्तै, अन्य दक्षिण अफ्रिकी र भारतका दिग्गजहरूले पनि आलोचना गरेका छन् ।

समर्थकले त ट्‍वीटरमा कोहलीलाई कप्तानबाट तत्काल जिम्मेवारीमुक्त गर्न भनेका छन्। भुवनेश्वरलाई टिममा नराख्दा बढेको आलोचना लगातार दुई खेलमा उपकप्तान आजिंक्य रहाणेलाई टिममा नराख्दा थप बढेको छ। दक्षिण अफ्रिकामा भारतीय ब्याटसम्यान अजिंक्य रहाणेको राम्रो रेकर्ड रहेको छ। भारतीय क्रिकेट इतिहासमा उपकप्तान लगातार दुई खेलमा फर्मममा हुँदाहुँदै नखेलेको यो पहिलो घटना हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.