अर्थ

बेनी हाइड्रोपावरको ३० प्रतिशत काम सकियो
SHARES

पुस ३०, २०७४
    • भोजराज कार्की-

    सोलुखुम्बु : बेनी हाइड्रोपावर प्रोजेक्ट प्राइभेट लिमिटेडले ३० प्रतिशत काम सम्पन्न गरेको छ। सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर १ बेनीमा निर्माणाधीन उक्त हाइड्रोपावरको काम ३० प्रतिशत सम्पन्न भएको कम्पनीका अध्यक्ष पिजी शेर्पाले जानकारी दिए।

    १८ मेगावाट क्षमताको उक्त हाइड्रोपावरको कन्ट्रक्सनको काम भइरहेको छ। काम सुरु गरेको ७ महिनामानै अनुमति खारेज भएको उक्त कम्पनीले २०७३ कात्तिकमा पुनः अनुमति पाएको थियो। पुनः अनुमति पाएप्छि गत चैत २९ गतेदेखि काम सुरु गरेको कम्पनीले अहिले टनेल, इन्टेक र पावरगृह निर्माण गरिरहेको कम्पनीका अध्यक्ष शेर्पाले बताए।

    २ हजार ४ सय मिटर सुरुङ निर्माण गर्नुपर्ने उक्त परियोजनाको ६ सय ५० मिटर खनिसकेको कम्पनीले जनाएको छ। अहिले एकतर्फीबाट सुरुङ निर्माण भइरहेको र केही समयपछि दुईतर्फीबाट नै सुरुङ निर्माण गरिने अध्यक्ष शेर्पाले बताए। 

    कुल लागत ३ अर्ब २७ करोड 

    काम सम्पन्न गर्न ३ अर्ब २७ करोड रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी सुरु भएको उक्त योजनामा एनएमबी बैकको नेतृत्वमा अन्य चार बैकले लगानी गर्न सम्झौता गरेका छन्। सम्झौताअनुसार एनएमबी बैकले ९० करोड, बंगलादेश बैकले ५० करोड, विभोर बैकले ५० र एचआइडिसिएल बैकले २० करोड रुपैयाँ लगानी गर्नेछन्। 

    योजना सम्पन्न गर्न उत्पादकको १ अर्ब रुपैयाँ लगानी रहने छ। जसमा १० प्रतिशत स्थानीयलाई साधरण सेयर, २० प्रतिशत आइप्यु र ७० प्रतिशत उत्पादकको हुने अध्यक्ष शेर्पाले बताए। योजनाको ५० प्रतिशत काम सम्पन्न भएपछि स्थानीयलाई सेयर वितरण गर्ने कार्ययोजना रहेको अध्यक्ष शेर्पाले बताए।

    सोलु करिडोरले प्रभाव पार्नसक्ने

    १६ पुस २०६९ गते ऊर्जा मन्त्रालय र बेनी हाइड्रोपावर प्रोजेक्ट प्राइभेट लिमिटेडबीच पहिलो पटक विद्युत् खरिद बिक्री सम्झौता भएको थियो। तर, भौतिक निर्माण सन्तोषजनक नभएको भन्दै ०७१ भदौमा मन्त्रिपरिषद् बैठकले सम्झौतासहित प्रोजेक्टको अनुमति (लाइसेन्स) खारेज गरेको थियो। 

    ९ असार ०७३ मा बसेको मन्त्रिपरिषद् बैठकले पुनः सोही कम्पनीलाई योजना सञ्चालनका लागि करार सम्झौता गर्न अनुमति दिने निर्णय गरेसँगै ऊर्जा मन्त्रालयले १६ असारमा लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको थियो। कम्पनीका अध्यक्ष शेर्पाले भने, ‘हाम्रो लाइसेन्स खारेज भएपछि पुनः १६ भदौ ०७३ मा नयाँ लाइसेन्स लिन सफल भयौं।’ 

    सरकारले लाइसेन्स नवीकरण गर्ने निर्णय गरेपछि २५ कात्तिक ०७३ मा विद्युत् खरिद बिक्री सम्झौता समेत संशोधन भयो। सम्झौताअनुसार ३० मंसिर ०७६ मा योजना सम्पन्न गरिसक्नुपर्नेछ। 

    निर्धारित समयमा नै काम सम्पन्न गर्न सकिने भए पनि सोलु करिडोर निर्माणमा ढिलासुस्ती देखिएकाले प्रोजेक्टको कामसमेत प्रभावित हुने अध्यक्ष शेर्पाको चिन्ता छ। उनले भने, ‘उत्पादित विद्युत् निर्यात गर्ने सोलु करिडोर मात्र भएकाले कम्पनीले योजनाको कामलाई तीव्रता दिनुको विकल्प छैन।’ 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]