|

चितवन : साताको साहित्य पुरस्कार सिन्धुलीका कवि प्रोल्लास सिन्धुलीयलाई प्रदान गरिएको छ। साताको साहित्य डटकम नेपालले वर्षभरि प्रकाशित साहित्यिक रचनामध्ये उत्कृष्ट रचनालाई यो पुरस्कार प्रदान गर्ने गर्दछ।

यसवर्ष उक्त पुरस्कारबाट  कवि सिन्धुलीयको ‘एउटा प्रश्न पत्र’ कवितालाई उत्कृष्ट ठहर्याई नगद २० हजारसहित सम्मान गरिएको हो। पाँच वर्षदेखि यो पुरस्कार वितरण सुरु गरिएको हो।

कवि दिनेश अधिकारीको प्रमुख आतिथ्यमा शनिबार चितवन साहित्य परिषद्को सभाहलमा आयोजित कार्यक्रममा बोल्ने कविहरुले कविताको तागत र समाजमा यसको प्रभावबारे विचार व्यक्त गरेका थिए।

साताको साहित्य डट कमका नेपाल च्यापटर का अध्यक्ष सुमन घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा साहित्यकार प्रेम विनोद नन्दन, एल बी क्षेत्री, धनराज गिरी, बालकृष्ण थपलिया, गणेश श्रमण, बाबु त्रिपाठी लगायतले मन्तव्य व्यक्त गरेका  थिए।

यसैगरी, शनिबार चिवतनमा आयोजित अर्को कार्यक्रममा उपन्यासकार विवेक ओझाको औपन्यासिक कृति ‘ऐलानी’को परिचर्चा गरिएको छ।

चिसापका सचिव बालकृष्ण थपलियाको अध्यक्षतामा आयोजित कार्यक्रम समीक्षकहरू द्वारिका नेपाल, बाबु त्रिपाठी, लक्ष्मी बरालले उपन्यासका विविध आयामबारे औँल्याएका थिए।

यसैगरी, साहित्यकारहरू प्रेम विनोद नन्दन, एल बी क्षेत्री, धनराज गिरी, प्रोल्लास सिन्धुलीय, शान्ति शर्मा लगायतले उपन्यासले पाठकमा परेको प्रभावबारे छलफल गरेका थिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.