|

संखुवासभा : संखुवासभाको मिर्गेगौँडा सिङमाटार भन्ने ठाउँमा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्षसहित ६ जनाको मृत्यु भएको छ। मकालु गाउँपालिकाको नुमबाट बरुणमेला भर्न हिँडेको बा५च १३०९ नम्बरको उक्त जिप मिर्गेगौँडाको सिङमाटार भन्ने स्थानमा दुर्घटना भएको हो।

मृत्यु हुनेहरूमा मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवाल, जिल्ला समन्वय समिति संखुवासभामा कार्यरत सूचना अधिकारी सुवासचन्द्र लुइँटेल र स्थानीय सुरेश राई  गरी तीन जनाको नाम खुलेको र बाँकीको सनाखत हुन बाँकी रहेको प्रदेशसभा सदस्य पूर्णप्रसाद राईले जानकारी दिए।

जिप भीरबाट २०० मिटर तल खसेको र उद्धार कार्य जारी रहेको घटनास्थल पुगेका प्रदेशसभा सदस्य राईले बताए। प्रहरीले भर्खर घटनास्थल पुगेर अध्ययन गरिरहेको बताएको छ। अपराह्न १२ बजे भएको उक्त दुर्घटनाको पूरा विवरण आउन बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.