विश्व

‘अफगानिस्तानमा थप ७ सय अमेरिकी सेना थपिदै’
SHARES

पुस ३०, २०७४

    अफगानिस्तानको सेनालाई तालिम तथा अन्य सहयोगमा सघाउन थप ७ सय अमेरिकी सेना पठाइन लागेको अमेरिकी सैन्य अधिकारीलाई उद्धृत गर्दै अफगानिस्तानको खामा न्यूज एजेन्सीले जनाएको छ।

    आतङ्कवाद विरुद्धको अभियानमा अफगानिस्तानमा सहयोग गर्दै आएको अमेरिकी सेनाले थप सेना पठाउन लागेकोप्रति लक्षित गर्दै तालिवान लडाकू समूहका प्रवक्ता जाविउल्लाह मुजाहिदले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “हजारौँको सङ्ख्यामा अफगानिस्तान आएको अमेरिकी सेनाले पनि आफ्नो समूहमाथि विजय हाँसिल गर्न सक्दैन भने थप ७ सय जना पठाउने निर्णयबाट तालिवान तर्सिदैन।”

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण एसियामा आतङ्कवाद विरुद्ध लड्ने नयाँ प्रशासनिक रणनीति बनाउँदै थप सेनालाई अफगानिस्तान पठाउने निर्णय लिएको हो। ट्रम्पको नयाँ रणनीति तालिवानलाई राष्ट्रिय राजनीतिमा आउन दवाव दिने उद्देश्यबाट ल्याइएको बताउने गरिएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]