|

"हवाइतर्फ आइरहेको ब्यालेस्टिक मिसाइलले खतरा! छिटो सुरक्षित स्थानमा शरण लिनुहोला। यो कुनै ड्रिल होइन।"

स्थानीय समय अनुसार शनिबार विहान अमेरिकाको हवाइ राज्यका जनताका मोबाइलमा आएको यो सन्देश (म्यासेज)ले त्राहिमाम पैदा गर्‍यो। यो म्यासेज पठाएको थियो हवाइको राज्य सरकारको एक संयन्त्रले।

यो म्यासेजले जनतामा भागाभागको अवस्था ल्याएपछि उक्त राज्यका गभर्नर डेभिड इगेले माफी मागेका थिए। गभर्नर इगेले उक्त म्यासेज एक कर्मचारीको गल्तीका कारण सबैकोमा फैलिएको बताए। उनले उक्त कर्मचारीले गलत बटन दबाउदा सबैमा गएको बताए।

अमेरिकी सरकारले उक्त घटनाको पूर्ण रुपमा अनुसन्धान गरिने बताए।

उत्तर कोरियाबाट सबैभन्दा नजिकको अमेरिकी राज्य भएकोले हवाइको राज्य सरकारले अलर्ट सिस्टम राखेको छ। गत डिसेम्बरमा पहिलोपटक परमाणु चेतावनी साइरन परीक्षण गरेको थियो। उक्त परिक्षण शीत युद्ध पछिको पहिलो थियो।

यो चेतावनी दिइएको झुठो म्यासेज मोबाइल प्रयोगकर्ताकहाँ मात्रै पुगेन। उक्त म्यासेजलाई टेलिभिजन र रेडियोहरुले प्रशारण समेत गरेका थिए र जनतालाई सचेत बनाएका थिए।

उक्त म्यासेज झुठो भएको भनेर सच्याउन १८ मिनेट लागेको थियो। जुन इमेलमा पठाइएको थियो। मोबाइलमा पहिलेको चेतावनीवाला म्यासेज झूठो हो भनेर पठाउन ३८ मिनेट लागेको थियो। तबसम्म जनतामा भागाभाग भइसकेको थियो। मान्छेहरु घरमा भएका घरमै र सवारी साधनमा भएकाहरुले सवारी साधन रोकेर सुरक्षित स्थान खोज्न थालेका थिए।

हवाइ राज्यलाई उत्तर कोरियाको मिसाइल र परमाणुबाट अमेरिकाको संवेदनशील राज्य मानिन्छ। यो राज्य उत्तर कोरियाबाट सबैभन्दा नजिक पर्छ। गत सेप्टेम्बरमा अमेरिकाले छैठौं परमाणु बम परीक्षण गरेको थियो। अमेरिकाले उत्तर कोरियामाथि नाकाबन्दी लगाउन खेलेको भूमिका र आक्रमण गर्ने चेतावनी दिएपछि उत्तर कोरियाले पनि उसको हवाइ राज्यलाई ध्वस्त पार्ने र अमेरिकाका अन्य क्षेत्रमा पनि परमाणु हमला गर्ने चेतावनी दिएको थियो।

उत्तर कोरियाबाट मिलाइल छोडेको २० मिनेटमा अमेरिकाको हवाईराज्य पुग्ने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.