|

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी तथा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार सीता दाहाल स्वास्थ्य उपचारका लागि भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेकी छन्। उनी आइतबार बिहान दिल्ली गएकी हुन्।

सुगर, ब्लडप्रेसर, थाइराइड लगायतकी बिरामी दाहाल काठमाडौंको नर्भिक अस्पतालमा नियमित स्वास्थ्य जाँच गराउँदै आएकी र अस्पतालले दिल्ली रेफर गरेपछि भारत गएकी प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

दाहालको साथमा भरतपुर महानगरपालिकाकी प्रमुख एवं छोरी रेणु दाहाल र अर्की छोरी गंगा दाहाल भारत गएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.