|

दाङ : माघ १ गतेलाई नेपालीहरूले विशेष पर्वको रूपमा मनाउने गर्छन्। त्यसमा पनि माघ १ लाई थारू जातिले नयाँ वर्षको रूपमा मनाउने गर्छन्। माघी आउन एक दिन बाँकी हुँदा दाङका मुख्य बजारहरूमा अन्य दिनहरूको तुलनामा भीडभाड र व्यापार पनि धेरै भएको देखिन्छ। 

माघीमा विशेषगरी खाने तरुल, गञ्जी, पिँडालु किन्न बजारका विभिन्न चोकमा मानिसको निकै भीडभाड देखिन्छ। माघीमा थारू जातिहरूले ढिक्री, मासु खाने र नाच्ने गर्छन् भने अन्य जातिहरूले तरुल, गञ्जी, घ्यु, चाकुलगायतका परिकारहरू खाने प्रचलन छ। 

दाङका विभिन्न बजारमा तरुल, गञ्जी ८० रुपैयाँदेखि करिब २०० रुपैयाँसम्ममा बेच्ने गरेको व्यापारीहरू बताउँछन्। यस्ता कन्दमूलहरूमा धेरै मात्रामा पौष्टिक तत्त्वसमेत पाइने हुँदा मानिसहरूले यी चिज माघीमा खाने गर्छन्। 

गाउँवाट बजार ल्याएर बेच्नु पर्ने  भएकाले पनि यसको मूल्य बढी हुनसक्ने व्यापारीहरूले बताए। पहिले पुर्खादेखि नै माघीमा गञ्जी, तरुल, पिँडालु विशेषगरी माघीमा खाइने भएकाले यिनीहरूको महत्त्व हुने तुलसीपुर वीपी चोकमा यी कन्दमूल किन्दै गरेकी शान्तिनगर गाउँपालिकाकी कल्पना डाँगीले बताइन्।

त्यस्तै, गणेश केसीले माघीमा तरुल, गञ्जी सबैले खाने गरेकाले पनि आफूले पनि किन्न आएको बताए। अन्य पर्वहरूमा विभिन्न खालका खानेकुराहरू खाने भए तापनि माघीमा गञ्जी, तरुल, पिँडालु खाँदा फाइदा हुने उनको भनाइ थियो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.