|

काठमाडौं : फिल्म 'साली कसको भेनाको'को निर्माण हुने भएको छ। प्रसाद श्रेष्ठको प्रस्तुतिमा निर्माण हुने यस फिल्मलाई भद्र भुजेलले निर्देशन गर्ने भएका छन्। प्रसाद श्रेष्ठले यसअघि 'कर्जा', 'कान्छी', 'सन्तान' जस्ता सफल फिल्म निर्माण गरिसकेका छन्।

माघ २ गते चितवनमा शुभमुहूर्त गरेर छायांकन सुरु गरिने यस फिल्मको छायांकन चितवन र धम्पुसमा गरिनेछ। पुष्प आचार्यको कथा रहेको यस फिल्ममा प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मीन घलानको संगीत रहनेछ।

फिल्ममा विल्सनविक्रम राई, सुष्मा कार्की, मरिष्का पोखरेल, रजनी गुरुङ, प्रिया रिजाल, जयनन्द लामा, कविता आले, पुष्कर गुरुङलगायतको अभिनय रहनेछ। यसै फिल्मबाट दीप सागरले नायकको रूपमा डेब्यु गर्दै छन्।

मानवीय संवेदनामाथि निर्माण गर्न लागिएको 'साली कसको भेनाको' कमेडी तथा पारिवारिक फिल्म भएको बताइएको छ। यस फिल्ममा मगर जातिको संस्कृतिमा साली र भेनाबीचको सम्बन्धलाई देखाउन खोजिएको निर्माण पक्षको भनाइ छ।

दीर्घ गुरुङको छायांकन रहने यस फिल्ममा वसन्त श्रेष्ठ, गम्भीर विष्ट र सुमित लामाको नृत्य निर्देशन रहनेछ। यस फिल्मलाई सुनिलकुमार न्यात्स्यो, विशाल श्रेष्ठ, उमेश अधिकारी र मुक्ति अधिकारीले संयुक्त रूपमा निर्माण गर्न लागेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.