साहित्य

२ लाख बढीको पहिचान पुरस्कार यज्ञशको ‘भुइयाँ’लाई
SHARES

पुस ३०, २०७४

    काठमाडौं : लेखक तथा पत्रकार यज्ञशको कृति ‘भुइयाँ’लाई दुई लाख रुपैयाँ बढीको पहिचान पुरस्कार दिइने भएको छ। 

    बेलायतको लण्डनमा रहेको पहिचान पुरस्कार कोषले दुई लाख दुई हजार दुई रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान गर्ने भएको हो।

    ‘भुइयाँ’ले पहिचानविहीन भुइँमा रहेका समुदाय र मानिसको कथालाई पुस्तकमा उतारेको भन्दै पहिचानप्राप्तिका लागि संघर्ष गरिरहेका जाति र समुदायका बारेमा लेखिएको हुनाले उक्त कृतिलाई पुरस्कृत गर्ने निर्णय गरिएको कोषले जनाएको छ।

    लेखनका माध्यमबाट पहिचानको मुद्दालाई सहयोग गर्न नेपाली कला, साहित्य र संस्कृतिसम्बन्धी पुस्तकलाई सम्मानित र पुरस्कृत गर्न सन् २०१५ मा ‘पहिचान पुरस्कार’ घोषणा गरिएको हो।

    हरेक पाँच वर्षमा पुरस्कार राशि बढाइने कोषले बताएको छ। यसअघि यो पुरस्कार राजन मुकारुङको निबन्धकृति ‘फेरिँदो सौन्दर्य’ र स्व. अर्जुन खालिङको कृति ‘गोयाङ्को सुगन्ध’लाई प्रदान गरिएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]