|

काठमाडौं : बाल यौन दुराचारको आरोपमा प्रहरीले जर्मन नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ६३ वर्षीय जर्मन नागरिक हान्स जुर्गेन गुस्ताभ दाहम् रहेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौं भोटेवहालमा जुर्गेन बस्ने भाडाको घरबाट शनिबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।

जुर्गेनलाई पक्राउ गर्दा प्रहरीले दुईजना नेपाली नाबालक समेतलाई सोही स्थानबाट उद्दार गरेको छ। उनलाई बाल यौनदुराचार कसुरअन्तर्गत काठमाडौं जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

उनलाई जवर्जस्ती करणी महलअन्तर्गत उक्त बालयौन दुराचार अपराधमा अधिकतम १३ वर्ष कैद सजाय तथा पीडितलाई मनासिव माफिकको क्षतिपूर्ति समेत भराउन सक्ने कानुनी व्यवस्था छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.