|

ज्यासन रोएले इंगल्यान्डका लागि सर्वाधिक धेरै रन बनाउने खेलाडीको कीर्तिमान बनाएको खेलमा इंग्ल्यान्डले अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दे पाँच खेलको एकदिवसिय सिरीजमा १-० को अग्रता कायम गरेको छ।

टस हारेर पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको ३ सय ४ रनको विशाल स्कोर पछ्याएको इंग्ल्यान्डले रोएको सानदार सतकीय इनिङ र जोए रुटको अविजित ९१ रनको स्कोरमा ७ बल बाँकी छँदा पाँच विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

अस्ट्रेलिया विरुद्ध विशाल लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डका ज्यासन रोएले यसअघि सर्वाधिक धेरै रनको कीर्तिमान बनाएका एलेक्स हेल्सको १ सय ७१ रनको सर्वाधिक उच्च स्कोरको कीर्तिमान आफ्नो नाममा पार्न सफल भए। ओपनर रोएले १ सय ५१ बलमा १६ चौका र ५ छक्का प्रहार गर्दे १ सय ८० रन बनाएका थिए ।

त्यस्तै इंग्ल्यान्डलाई जित दिलाउन जोए रुटले संयम्यमित इनिङ खेल्दै १ सय १० बलमा ९१ रन बनाएर टिमलाई जित दिलाउँदै अविजित फर्किए । उनले ५ चौका प्रहार गरेका थिए । उत्कृष्ट इंनिग खेल्दै टिमलाई जित नजकि पुर्याएपछि आउट भएका रोएपछि क्रिजमा आएका इएन मोर्गन र जोस बटलरले आकर्षक इनिङ  खेल्न सकेनन् । यद्धपि मोइन अलिले ५ रन बनाउँदा इंग्ल्यान्डले सहज जित हासिल गरेको थियो ।

पहिलो ब्याटिङ गरेको अस्ट्रेलिया ओपनर आरोन फिन्चको सतकीय इनिङ तथा मिचेल मार्स र मार्कुस स्टोइन्सको अर्धसतकको मद्दतमा  ३ सय ४ रनको विशाल स्कोर तयार गर्न सफल भयो । फिन्चले १ सय १९ बलमा १० चौका र ३ छक्काको मद्दतमा १ सय ७ रन बनाउँदा अर्का ओपनर डेभिड वार्नर भने २ रनमानै पेभिलियन फर्किए । त्यस्तै कप्तान स्टिव स्मीथपनि २३ रनमा आउट हुँदा अर्कौ ब्याट्सम्यान त्रविश हेड पाँच रनमा आउट भए ।

यद्धपि, मिचेल मार्सले फिन्चलाई साथ दिने क्रममा ५० रनको अर्धसतकीय इनिङ खेले । उनले ६८ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए । त्यस्तै मार्स आउट भएपछि क्रिजमा आएका स्टोइन्सले ४० बलमा ६० रनको अर्धसतकीय इंनिङ खेले । त्यस्तै टिम पेइनीले २७ रन बनाउँदै इंग्ल्यान्डलाई उत्कृष्ट योगफलमा पुर्‍याएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.