|

इंग्लिस प्रिमियर लिगको लिग लिडर म्यानचेस्टर सिटीको अपराजित यात्राको अन्त भएको छ। सिटीलाई सिजनमा पहिलो पटक पराजित गर्ने क्रमममा लिभरपुलले ४-३ गोल अन्तरले पराजित गर्यो। पछिल्ला २२ खेल सम्म अपराजित रहेको सिटी २३ औं खेलमा पराजित हुन पुग्यो।

त्यसोत लिभरपुलको घरेलु मैदान एनफिल्डमा सिटी पछिल्ला १४ भिड्न्तमा जित निकाल्न सकेको छैन। पछिल्लो पटक एनफिल्डमा २००३ मा सिटी विजयी भएको थियो।

आइतबार राति खेलको नवौं मिनेटमा एलेक्स ओक्सलेड चाम्बलियनले गोल गरेर लिभरपुललाई अग्रता दिलाए। पहिलो हाफ सकिन ५ मिनेट बाँकी छदा लिरोए सानेले गोल गरेपछि म्यानचेस्टर सिटीले पहिलो हाफमा १-१ गोलको बराबरीमा टुंग्याउन सफल भयो। ५९ मिनेटमा रोबर्टो फिर्मिनोले गोल गर्दै लिभरपुललाई २-१ गोलले अघि बढाए। दुई मिनेटपछि साडियो मानेले अर्को गोल गरेपछि लिभरपुलले खेलमा दबाब बढाएको थियो। दुई मिनेटभित्र २ गोल गरेको लिभरपुलका लागि ६८ मिनेटमा मोहमद सलाहले चौथो गोल गरेका थिए। 

४-१ ले पछि परेको अवस्थामा बेर्नान्डो सिल्भाले ८४ मिनेटमा गोल गरेपछि सिटीले लिभरपुलको अग्रता ४-२ मा झारेको थियो। इन्जुरी टाइमको पहिलो मिनेटमा इल्के गुन्डोगनले सिटीका लागि तेस्रो गोल गरेपनि खेलमा फर्कन ढिलो भइसकेको थियो।

हारका बावजुद सिटी २३ खेलबाट ६२ अंक जोड्दै लिगको शीर्ष स्थानमा छ। दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडले एक खेल कम खेल्दै ४७ र २३ खेलबाट ४७ अंक नै जोड्दै लिभरपुल तेस्रो स्थानमा उक्लिएको छ। चौथो स्थानको चेल्सीको पनि ४७ अंक नै छ।  पाँचौ स्थानको टोटनह्यामको  ४४ र छैटौं स्थानको आर्सनलको ३९ अंक छ।

आर्सनल आइतबार भएको खेलमा वर्नमाउथसँग २-१ ले पराजित भयो। आर्सनलका बेरेलिनले ५२ मिनेटमा गोल गरेर अग्रता दिलाए पनि विल्सनले ७० र  इबेले ७४ मिनेटमा गोल गरेर वर्नमाउथलाई जित दिलाए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.