|

काठमाडौ‌ : भारतीय कप्तान विराट कोहलीको अविजित इनिङ्ससँगै भारतले दक्षिण अफ्रिकाविरुद्ध दोस्रो टेस्टमा फर्कने प्रयास गरेको छ। दोस्रो दिनको खेल सकिँदासम्म पहिलो इनिङ्समा १८३–५ को स्थितिमा रहेको भारत अझै १ सय ५२ रन पछाडि छ। भारतका लागि कोहली ८५ तथा हार्दिक पाण्ड्या ११ रनमा ब्याटिङ गरिरहेका छन्।

टोलीको योगफल २८ रन छँदा ओपनर लोकेश राहुल पहिलो विकेटका रूपमा मोर्ने मोर्केलको बलमा १० रन जोड्दै पेभेलियन फर्किए। लगत्तै अर्को बलमा भरपर्दा ब्याट्सम्यान चेतेश्वर पुजारालाई गुमाएपछि पाहुना टोली समस्यामा परेको थियो ।

पहिलो टेस्टमा ७२ रनको जित हासिल गरेको दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा ३ सय ३५ रन जोड्यो । अघिल्लो दिन २६९–६ को स्थितिमा रहेको घरेलु टोलीका लागि कप्तान फाफ डु प्लेसिसले ६३ रनको योगदान दिए । इशान्त शर्माको बलिङमा क्याच आउट हुँदै नवौं विकेटका रूपमा पेभेलियन फर्कनुअघि उनले १ सय ४२ बलको सामना गरेका थिए ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.