|

बारा : महागढीमाई नगरपालिका-३ गञ्जभवानीपुरमा भएको घरेलु हिंसाले श्रीमान् प्रहरी खोरमा पुगेका छन् भने श्रीमती अस्पताल उपचार गराइरहेकी छन्।
स्थानीय जटाशंकर प्रसाद जैसवालले श्रीमानले श्रीमती ४० वर्षीया अनिता देवी जैसवाललाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए। श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी अनिताको बीरगञ्जमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ। 

कुटपिटबाट गम्भीर घाइते भएकी अनिताको मेडिकल अस्पताल वीरगंजमा उपचार हुन नसक्दा थप उपचारको लागि सर्वोत्तम अस्पताल वीरगंजमा पठाइएको  गंजभवानीपुरका प्रहरी सहायक निरीक्षक नरेशप्रसाद जैसवालले बताए।

जटाशंकरले अनितालाई रातको समयमा घरमै टेबुलपंखाको स्टेनले कुटपिट गरेका छन्। श्रीमती कुट्ने जटाशंकरलाई प्रहरीले पक्राउ गरी कारवार्ही प्रकृया अघि बढाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.