|

स्पेनिस जाइन्ट बार्सिलोना अनपेक्षीत रुपमा दुई गोलले पछि परेको अवस्था उल्टाउँदै स्पेनिस ला लिगा फुटबलमा आफ्नो अपराजित यात्रा कायम राख्न सफल भएको छ।

बार्सिलोनाले आइतबार मध्यरातपछि भएको खेलमा रियल सोसिडाडलाई ४–२ गोल अन्तरले पराजित गर्दै लिगको उपाधि यात्रा थप सहज बनाएको छ। पहिलो हाफको सुरुवातमानै लगातार दुई गोल खाएको बार्सिलोना संयमित प्रदर्शन गर्दै खेलमा जित हासिल गर्न सफल भयो।

११ औं मिनेटमा विलियम जोसेले हेड गोल गर्दे घरेलु टोली रियल सोसिडाडलाई अग्रता दिलाए। बार्सिलोना विरुद्ध अग्रता दोब्बर बनाउँदै सनसनिपुर्ण प्रदर्शन जारी राख्ने क्रममा ३४ औं मिनेटमा जुआनमीले गोल गरेपछि सोसिडाड २–० ले अघि रह्यो। तर घरेलु टिमले दुई गोलको अग्रतालाई पनि टिकाइ राख्न सकेन्। बार्सिलोनालाई खेलमा फर्काउने क्रममा ३९ औं मिनेटमा पाउलिन्होले गोल गर्दै पहिलो हाफमा सोसिडाडको अग्रता २–१ मा झारे।

त्यसपछि लुइस सुआरेजले ५० र ७१ मिनेटमा गोल गर्दे टिमलाई अग्रता दिलाए। थप एक गोल लियोनेल मेसीको नाममा रह्यो। खेल सकिन ५ मिनेट बाँकी रहँदा मेसीले बार्सिलोनाका लागि चौंथो गोल गरेका थिए।

मेसीको रेकर्ड

रियल सोसिडाडविरुद्ध गोल गरेसँगै मेसीले ला लिगामा कुल गोल संख्या ३ सय ६६ पुर्याएका छन्। आइतबार मध्यरातपछिको एक गोल सँगै मेसी अब युरोपियन लिगमै सर्वाधिक गोल कर्ता बनेका छन्। यसअघि यो रेकर्ड जर्मनीका गर्ड मुलरको नाममा रहेको थियो। मुलरले सन् १९६४ देखि १९७९ सम्म बुन्डेस लिगाबातट प्रतिष्पर्धा गर्दै ३ सय ६५ गोल गरेका थिए।

जहाँ मुलरले ४ सय २७ खेल खेलेका थिए। मेसीले भने ४ सय १ खेलमानै मुलरको कीर्तिमान तोडेका हुन्। मेसीले जारी सिजनमा १६ गोल गरिसकेका छन्।
सोसिडाडलाई पराजित गरेसँगै बार्सिलोना लिगमा  १९ खेलबाट ५१ अंक बनाउन सफल भएको छ। दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ४२ र तेस्रो स्थानको भ्यालेन्सियाको ४० अंक रहेको  छ। एक खेल कम खेलको साविक विजेता रियल म्याड्रिडको ३२ अंकमा संघर्ष गरीरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.