|

झापा : झापाको काकँडभिट्टाबाट ब्राउन सुगरसहित पाँच युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत दार्जिलिङ जिल्ला पानीट्यांकीका २८ वर्षीय महेश वर्मन, झापा मेचीनगर नगरपालिका ६ का २० वर्षीय २० हर्कबहादुर तामाङ, २८ वर्षीय धनु भुजेल, २७ वर्षीय योगेश राई र २० वर्षीय सक्कल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका नायव प्रहरी उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

इलाका प्रहरी कार्यालय काकँडभिट्टाबाट खटिएका प्रहरी निरीक्षक कोमल ठाकुरसहितको टोलीले उनीहरुलाई मेचीनगर ६ सतीघट्टाबाट ११ सय ५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको नायव प्रहरी उपरीक्षक बस्नेतले बताए। उनीहरू चेकजाँचको क्रममा पक्राउ परेका हुन्।

प्रहरीले उनीहरूले प्रयोग गरेका डब्लुबी ७३ एपी ६००१ नम्बरको भारतीय मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय काकँडभिट्टामा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। तीन दिनअघि मात्र ब्राउन सुगर र खैरो हेरोइनसहित काकँडभिट्टा नाकाबाट प्रहरीले एकैदिन सात जनालाई पक्राउ गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.