|

कालिकोट : राउटे समुदायले बाहिरी संसारसँग जोड्न एक संस्थाले दिएको मोबाइल रक्सीमा बेचेको छन्। उनीहरूले शिव आनन्द कल्याणकारी ट्रष्टले दिएको मोबाइल रक्सी खान बेचेका हुन्।

मुलुकका अन्य समुदायका जस्तै राउटेहरूका लागि माघी महान् चाड हो । माघी मनाउनका लागि ट्रस्टले चामल, दाल लगायतका खाद्यान्न र न्यानो कपडा वितरण गरेको छ। ‘राउटेहरूलाई माघी मान्न र चिसोबाट बच्नका लागि खाद्यान्न सामग्री सहयोग गरेका छौँ।’ ट्रष्टका अध्यक्ष स्वामी शिवानन्दले थपे, ‘सञ्चार साधनका रूपमा मोबाइल पनि दिएका छौं।’

ट्रष्टले दिएको मोबाइल राउटेहरूले भने सञ्चार साधनका रूपमा प्रयोग नगरी माघी मान्न चाहिने रक्सीमा बेचेको राउटे मुखिया ५५ वर्षीय सूर्यनारायण शाहीले बताए। ‘मलाई मोबाइल दिएका थिए।’ उनले भने, ‘तर दारु (रक्सी) लिन जाँदा बेचिदिएँ चाडमा दारु नखाएरै हुँदैन।’ राउटेहरू अहिले दैलेख जिल्लामा बसेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.