|

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनले देशमा ७० वर्षपछि स्थिर सरकार बनाउन लागेको बताएका छन्।

सोमबार गोकर्णेश्वरको तारेभिरमा चौंथो तारेभिर महोत्सवको उद्घाटन गर्दै प्रचण्डले भने, 'हामीले लामो समयदेखि राजनीतिक अस्थिरता भोग्यौं, अस्थिरताका कारण विकासका कामहरु अवरुद्ध भए।'

उनले राजनीतिक अस्थिरताका कारण देशमा विकासको गती रोकिएको र ढिलो भएको बताए। उनले अब त्यो प्रक्रिया रोकिएको बताए। उनले भने, 'हामीसँग प्राकृतिक साधन, स्रोत र इच्छाशक्ति हुँदाहुँदै पनि देशको प्रगति हुन सकेन, अब हामीले त्यो परिस्थिति बदल्ने साहस गरेका छौं। नेपालको इतिहासमा सत्तरी वर्षपछि पहिलोपटक स्थिर सरकार बन्दैछ, यसले देशलाई सुशासन र समृद्धिको नयाँ अध्यायमा लैजानेछ।’

महोत्सवको उद्घाटनमा प्रचण्डले भने, ‘तारेभिर पर्यटनका दृष्टिले अत्यन्तै महत्वपूर्ण ठाउँ रहेछ, काठमाडौं उपत्यकादेखि यति नजिकमा रहेको रमणीय यो ठाउँको विकासका लागि हामी सबैले पहल गरौं।’  

प्रचण्डले विकास निर्माण र आर्थिक समृद्धिका लागि आफू सधैं क्रियाशिल रहने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.