|

सुनसरी : इटहरीमा जारी दोस्रो अण्डर १९ इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधिका लागि बिराटनगर र धनगढी भिड्ने भएका छन्। सोमबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजक इटहरी क्रिकेट एकेडेमीलाई पराजित गर्दै बिराटनगर फाइनलमा पुगेको हो।

सोमबार नै भएको दोस्रो सेमिफाइनल खेलमा  नेपालगञ्जलाई पराजित गर्दै धनगढी उपाधि नजिक पुगेको हो। फाइनल खेल मंगलबार हुने आयोजकले जनाएको छ।सोमबार भएको पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको इटहरीले निर्धारित १४ ओभरको खेलमा ६ विकेट गुमाउदै ९१ रन बनाएको थियो। इटहरीका लागि गौतम शर्माले सर्वाधिक २९ रन बनाए। 

यस्तै, पवन सर्राफले १५ रन बनाउदा बिवेक मेहेता १४ रनमा नटआउट रहे। बलिङतर्फ बिराटनगरका बिवेक यादवले २ विकेट लिँदा मिनस थापा, फिर्दोश अन्सारी र दिपक कँडेलले एक\एक विकेट लिए। ९२ रनको बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको बिराटनगर १२ दशमलव ४ ओभरमा ५ विकेट गुमाउदै पूरा गरेको थियो।

बिराटनगरका लागि म्यान अफ द म्याच मिनश थापाले ३७ रन बनाउदा अमित यादवले १६ तथा फिर्दोस अन्सारी १७ रनमा नटआउट रहे। बलिङ तर्फ इटहरीका मनिस दाहालले ३ तथा सोनु मण्डल र पवन सर्राफले एक\एक विकेट लिए।

सोमबार नै सम्पन्न दोस्रो सेमिफाइनल धनगढीले नेपालगञ्जलाई ८२ रनको फराकिलो अन्तरले पराजित गरेको  । टस जितेर पहिले ब्याटिङ गरेको  धनगढीले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउदै १ सय ४७ रनको योगफल बनाएको थियो। धनगढीका लागि भीम सार्कीले सर्वाधिक ३७ रन बनाए। यस्तै, लोकेस बम २२ र नारायण जोशी १९ रनमा नटआउट रहँदा बसन्त कार्की १४ र शेरे मल्लले ११ रनको योगदान दिए । बलिङतर्फ नेपालगञ्जका बिजय चौधरीले २ र अजय शहनीले १ विकेट लिए। १ सय ४८ रनको बिजयी लक्ष्य पछ्याएको नेपालगञ्ज १९ ओभरमा ६६ रनमा समेटिएपछी धनगढी उपाधिनजिक पुगेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.