|

काठमाडौं : हिन्दूहरूले प्राचीनकालदेखि मनाउँदै आएको माघे वा मकर संक्रान्तिलाई थारू समुदायले माघी अर्थात् नयाँ वर्षका रूपमा मनाउने गर्छन्।

देशैभर थारू समुदायले माघ १ गते स्नान, दान एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन्। थारू समुदायमा पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गरिन्छ। 

काठमाडौंको थारू समुदायले राजधानीको टुँडिखेलमा विशेष कार्यक्रम गरी माघी पर्व मनाएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा भएको 'थारू राष्ट्रिय माघी महोत्सव'मा थारू नृत्य र परम्परागत वेशभूषाले रौनक थपेको थियो।

महोत्सव घुँगी, ढिक्रीलगायत थारू परिकारका पारखी र बिक्रेताहरूको सहभागिताले भरिएको थियो।

हेर्नुहोस् फोटामा माघीको रौनक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.