|

काठमाडौं : सरकारले मंगलबार सातै प्रदेशका प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने तयारी गरेको छ। प्रधानमन्त्री निकट स्रोतका अनुसार मंगलबार बस्ने मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख तोक्नुका साथै प्रदेशको कार्य सञ्चालन गर्ने गरी अस्थायी केन्द्र तोक्न लागेको हो।

प्रधामनमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिको आधारमा प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने बताउँदै आए पनि सहमति जुट्न नसकेपछि यी दुवै निर्णय आफैँ गर्न लागेका हुन्। यही निर्णय गर्न देउवाले मंगलबार दिउँसो चार बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गर्दै माघ ४ गते सम्म प्रदेश प्रमुख नतोके माघ २४ गतेको राष्ट्रिसभा निर्वाचन प्रवाभित हुने चेतावनी दिएपछि सरमारले मंगलबार यो काम सक्न लागेको हो। कानुन न्याय संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले मंगलबार मन्त्रिपरिषद्बैठकले प्रदेश प्रमुख तोक्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.