|

काठमाडौं : सेयर कारोबार भएको यस साताको दोस्रो दिन नेप्से १७ अंकले घटेको छ। आइतबार ९ अंकले ह्रास आएको नेप्से सोमबार बजार बन्द भई मंगलबार कारोबार हुँदा थप १७ अंकले ह्रास आएको हो। 

मंगलबार एक हजार ४३१ अंकबाट कारोबार सुरु भएकोमा दिनभरमा १७ दशमलव ३९ अंकले ह्रास आएपछि  एक हजार ४१३ दशमलव ७१ अंक कायम रहेको छ। यस दिन 'क' वर्गका कम्पनीहरूको मापन गर्ने सेन्सेटिभ इन्डेक्समा ३ दशमलव ७९ र सम्पूर्ण सेयरपत्रको कारोबारको मापन गर्ने फ्लोट इन्डेक्स एक दशमलव २२ अंकले ह्रास आएको छ। 

समूहगत परिसूचकतर्फ पनि कुनै परिसूचकमा पनि हरियो अक्षर (उकालो लागेको संकेत) देखिएन। नेप्सेमा सबै भन्दा बढी प्रभाव पार्ने वाणिज्य बैंकअन्तर्गतका  परिसूचकमा १२ दशमलव ३ अंकले ह्रास आयो। त्यस्तै सबैभन्दा बढी जलविद्युतअन्तर्गतका परिसूचकमा पनि १०० दशमलव ०८ अंकले ह्रास आएका छन्। 

३६ करोड २२ लाखको कारोबार
आइतबार जम्मा ३२ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ३६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस दिन १५४ कम्पनीका चार हजार ४२१ रुपैयाँ बराबरका अाठ लाख ११ हजार ७५९ कित्ता सेयर किनबेच भए।

यस दिन धेरै कमाउने पाँच कम्पनीमध्ये एनआईबीएल प्रगति फण्ड, माहुली सामुदायिक लघुवित्त संस्था, हिमालयन डिस्टिलरी लिमिटेड, सूर्योदय लघुवित्त वित्तीय संस्था र सांग्रिला डेभलपमेन्ट बैंक रहेका छन्। 

यसैगरी धेरै गुमाउनेहरूमा सिन्धु विकास बैंक, चिलिमे हाइड्रो पावर कम्पनी, बुटवल पावर कम्पनी लिमिटेड र सिद्धार्थ इन्स्योरेन्स रहेका छन्।

सबैभन्दा धेरै कारोबार गर्ने पाँच संस्थामा सानिमा माई हाइड्रो पावर लिमिटेड, नबिल बैंक लिमिटेड, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ कम्पनी लिमिटेड प्रमोटर सेयर रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.