|

उदयपुर : पतिको दुवै मिर्गौला काम नलाग्ने भएपछि उपचारका लागि आर्थिक सहयोगको जुटाउन पत्नी हार गुहार मागिरहेकी छन। स्थायी घर खोटाङ जिल्लाको छितापोखरी भई हाल उदयपुरको त्रियुगा नगरपालिका ११ मा बसोवास पति मदन राईको दुवै मिर्गौलामा खरावी देखिएपछि पत्नी पम्फा राईले आर्थिक सहयोग मागेकी हुन्।

बिरामी राईको मिगौला नै फेर्नुपर्ने चिकित्सकहरुले जानकारी दिएको पत्नी पम्फाले बताइन्। ‘दुवै मिर्गौला काम नगर्ने भएपछि फेर्नुपर्छ भनेका छन्,’ ‘मिर्गौला फेर्दा २० लाखदेखि ३५ लाखसम्म पर्नसक्ने भनेको भएकाले आर्थिक सहयोगको अपिल गरेको हुँ।’

ठूलो धनराशि आवश्यक पर्छ, जुन मेरो परिवारसँग छैन, गुनासो गर्दै भनिन्, ‘परिवारको आर्थिक अवस्था कमजोर छ, समयमै उपचार हुन नसके ज्यानै खतरामा छ। ४८ वर्षे पतिलाई नयाँ जीवन दिन उनी अहिले विभिन्न संघ संस्थासँग हार गुहार गरिरहेकी छन्।

परिवारमा मैले एउटा मिर्गौला दिन खोज्दा नमिल्ने भो, एक बहिनीले पनि दिन खोजेकी थिइन्, त्यो पनि मिलेन। आँखाभरी आँसु झार्दै उनले भनिन्, ‘अब किन्नुपर्छ रे, किन्नको लागि २० लाखदेखि ३५ लाखसम्म पर्छ भनेर डाक्टरहरुले भनेका छन्।’

काठमाडांैमा रहेको आरोग्य स्वास्थ्य प्रतिष्ठानले मदनको दुवै मिर्गाैला फेल भएको प्रमाणित गरेको उनको भनाइ छ। मदनको उपचारमा संलग्न मिर्गौला रोग विशेषज्ञ डाक्टर अनिल बरालले मिर्गाैगा प्रत्यारोपणका लागि पैसा जुटाउन परिवारलाई भनेको पत्नी पम्पाको भनाइ छ।

मदनकी पत्नी र आफन्त अहिले सहयोगी हातहरुको खोजी गरिरहेका छन्। उनीहरुले सामाजिक संस्था किरात राई यायोक्खा, उदयपुर र आदिवासी जनजाति महासंघ उदयपुरलाई आर्थिक सहयोग जुटाइदिन आग्रहसमेत गरेका छन्। विभिन्न सहयोगी हातहरु, सामाजिक संस्थाहरु, सरकारी तथा गैर सरकारी संघसंस्था, कार्यालयहरुलाई समेत पुगिरहेका छन्।

पाँच वर्षअघि वैदेशिक रोजगारीमा गएर फर्केका मदन नेपाल आएको तीन वर्ष हुँदा समेत बिरामी नै भएर बसेका थिए। ऋणपान गरेर काठमाडौंसम्म चेक जाँचमा पुगेपछि मिर्गाैला रोग लागेको थाहा पाएको परिवारको गुनासो छ। राईका दुई छोरा र एक छोरी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.