|

काठमाडौं : हाइल्यान्ड प्रोपर्टिजले घरजग्गाको साथीब्रान्डबाट घर जग्गाको कारोबार सुरु गरेको छ। मंगलबारबाट कारोबार सुरु गरेको यो ब्रान्डले घर तथा जग्गा बेच्‍न तथा किन्‍न  वा भाडामा लिनेदिने सम्बन्धमा कारोबार गरिने जनाएको छ।

'घरजग्गाको साथी'ले  शून्य दशमलव ५ प्रतिशतको सेवा शुल्कमा कारोबार गर्ने घोषणा गरेको छ। हामीले घरजग्गा कारोबारको क्षेत्रमा देखिएका विकृति विसंगति हटाउन यो अभियान सुरु गरेका हौँ, शून्य दशमलव ५ प्रतिशतकै सामान्य सेवा शुल्‍कमा सेवा दिन्छौँ' कम्पनीका प्रबन्ध निर्देशक भवि शर्माले भने। उनले घर तथा जग्गासम्बन्धी कानुनी परामर्श, घरको इञ्जिनियरिङ डिजाइन, आर्किटेक्चरल डिजाइन, ठेकेदार, वास्तुसहित घरजग्गासम्बन्धी आवश्यक परामर्श पनि कम्पनीले दिने बताए।

यस्ता छन् काम

घरसम्बन्धी

  • १) घर विक्री गर्ने
  • २) घर खरिद गर्ने
  • ३) घर भाडामा दिने
  • ४) घर भाडामा लिने 
  • ५) घर निर्माण गर्ने
  • ६) घरको स्ट्रक्चर डिजाइन गर्ने
  • ७) घरको बाहिरी डिजाइन गर्ने
  • ८) घरको आर्किटेक्चर डिजाइन गर्ने
  • ९) घरको इन्टेरियर डिजाइन गर्ने
  • १०) घरको थ्रिडी बनाउने
  • ११) घर निर्माणको लागि नक्सा पास गराउने
  • १२) घर निर्माण सम्पन्नको प्रमाण पत्र लिने

जग्गासम्बन्धी काम

  • १) जग्गा खरिद गर्ने
  • २) जग्गा विक्री गर्ने  
  • ३) जग्गा भाडामा दिने
  • ४) जग्गा भाडामा लिने
  • ५) जग्गाको मालपोत(तिरो) तिर्ने
  • ६) जग्गाको रजिष्ट्रेशन पास गराउने
  • ७) जग्गाको कित्ता काट गराउने

अफिससम्बन्धी काम

  • १) अफिस भाडामा दिने
  • २) अफिस भाडामा लिने
  • ३) अफिसको इन्टेरियर र एक्सटेरियर डिजाइन गर्ने
  • ४) अफिसको थ्रिडी बनाउने
  • ५) डिजाइन अनुसारको अफिस निर्माण कार्य गर्ने

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.