|

आँबुखैरेनी : तनहुँको आँबुखैरेनीबाट बाघको छाला र हड्डीसहित दुई जना पक्राउ परेका छन्। 

तीनवटा ध्वाँसे बाघको छाला र हड्डीसहित गोरखाको सुलिकोट गाउँपालिकास्थित बारपाकका ३५ वर्षका इतबहादुर घले र नुवाकोट सुनखानीका २८ वर्षका भीमबहादुर तामाङलाई मंगलबार दिउँसो साढे दुई बजे इलाका प्रहरी कार्यालय आँबुखैरेनी र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको संयुक्त टोलीले पक्राउ गरेको हो। 

‘विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो’, आँबुखैरेनी प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक लोक गुरुङले भने, ‘घले र तामाङ सवार बा१५च ७४५६ नम्बरको रातो स्कोर्पियो चेकजाँच गर्दा बाघको पूरै शरीर भएको छाला र हड्डीहरू भेट्टिएको हो।

उनीहरूलाई कारबाहीका लागि जिल्ला वन कार्यालय तनहुँमा बुझाइएको छ।’ उनीहरूलाई वन्यजन्तु ओसारपसार ऐनअनुसार कारबाही हुने गुरुङले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.