|

कास्की : पोखरामा जारी १२ औँ संस्करणको दक्षिण एशियाली सेभेन ए साइड फुटबल प्रतियोगितामा नेपाल र बंगलादेश फाइनल प्रवेश गरेका छन्। मंगलबार पोखराको लेकसाइडस्थित बाराहीघाट खेल मैदानमा भएको पहिलो सेमिफाइनलमा पाकिस्तानलाई ४-१ गोल अन्तरले पराजित गर्दै फाईनल प्रवेश गरेको हो। बंगलादेशले भुटानलाई ट्राई ब्रेकरमा ३-२ गोलले पाखा लगायो।

नेपालका लागि विनोद गुरुङले ह्याट्रिक पूरा गरे। म्यान अफ द म्याचबाट पुरस्कृत गुरुङले १५, ४१ र ४३ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। एक गोल भने सुनिल विकको नाममा रह्यो। सुशील लामा मैदानबाट बाहिरिएपछि उनका स्थानमा प्रवेश गरेकाका विकले ३३ औँ मिनेटमा गोल गरेका थिए। उनले मैदानमा प्रवेश गरेको ३ मिनेटमै गाेल गरे।

पाकिस्तानका लागि रसिद अहरामले २० औँ मिनेटमा गरेका थिए। नेपालको तर्फबाट गोल भएपछि दवाबमा रहेको पाकिस्तानले हाफ हुनअघि बराबरी गोल गरेपछि नेपाली टिम दवाबमा खेल्न पुग्यो। यद्यपि, खेलमा सम्हालिँदै नेपालले तीन गोल थप्यो। 

यस्तै, मंगलबार नै भएको अर्को सेमिफाइनल खेलमा बंगलादेशले भुटानलाई ट्राई ब्रेकरमा ३-२ पराजित गर्दै फाइनल प्रवेश गरेको छ। निर्धारित समयमा गोल रहित टुंगिएपछि निर्णय ट्राई ब्रेकरबाट लिइएको थियो। ट्राई ब्रेकरमा उज्वल खान, सजिव र तुहिनले बंगलादेशका लागि गोल गर्दा राकेश, सम्पाउको गोल भुटानका लागि गोल गरेका थिए। भुटानका लागि दह्यामको प्रहार बंगलादेशका गोल रक्षकले रक्षा गरेपछि भुटान स्तब्ध भएको हो। खेलमा भुटानी गोलकिपर प्रवेश म्यान अफ द म्याच घोषित भए।

नेपाल सेभेन ए साइड फुटबल फेडेरेशनको आयोजनामा गत पुस २९ गतेदेखि भएको प्रतियोगितामा नेपालले उपाधिका लागि बंगलादेशसँग बिहीबार प्रतिस्पर्धा गर्ने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.