|

सुनसरी : २० औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकप माघ २० गतेदेखि हुने भएको छ। धरान फुटबल क्लबले मंगलबार धरानमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो।

विभागीय २ टीमसहित ९ वटा टिमले प्रतियोगितामा सहभागी जनाउने क्लबले जनाएको छ। नेपाल पुलिस र सशस्त्र प्रहरीसहित मनाङ्ग मस्र्याङदी क्लब, संकटा क्लब, थ्रि स्टार क्लब, अण्डर १९ राष्ट्रिय नेपाली टिम र आयोजक टीमको सहभागीता रहनेछ।

प्रतियोगितामा अन्तराष्ट्रिय क्लबहरु बंगलादेशको धनमुन्दी क्लब, भारत कलकत्ताको गरिफा फुटबल क्लब पनि सहभागी हुने क्लबका अध्यक्ष एवम् एन्फा केन्द्रीय उपाध्यक्ष किशोर राईले जानकारी दिए।

प्रतियोगितामा विजेता टिमले ५ लाख १ हजार रुपैयासहित ट्रफी पाउने छ। त्यस्तै दोस्रो हुनेले २ लाख ५१ ह्जार रुपैयासहित ट्रफी पाउने बताइएको छ।

उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता, उदियमान खेलाडीलाई जनही २५-२५ हजार रुपैयाँ प्रदान गरिने छ।

त्यस्तै, सर्वोकृष्ट खेलाडीलाई एक थान यामाहा मोटरसाइकल र खेलको म्यान अफ दि म्याचले जनही नगद १० हजार रुपैयाँ पाउने छन्।

यसपटक धरान रंगशालामा प्रतियोगिता हुने भएको छ। १४ औं संस्करणदेखि निर्माणका कारण एन्फा एकेडेमीमा खेल खेलाइएको अध्यक्ष राईले बताए। प्रतियोगिताका लागि ५३ लाख ४७ हजार रुपैयाँ लाग्ने  अनुमानित बजेट समेत क्लबले सार्वजनिक गरेको छ।

प्रतियोगिता प्रचारको लागि माघ १४ देखि १७ गतेसम्म मिडिया प्रोमोसन कप हुने महासचिव प्रताप तामाङले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.