|

काठमाडौं : नेपाल प्रहरीको अनुसन्धान ब्यूरोले गत वर्ष भएको ३३ किलो सुन तस्करीको घटनामा फरार भएका एक अभियुक्तलाई पक्राउ गरेको छ।

ब्यूरोले भारतको राजस्थान घर भइ काठमाडौं विशालबजारमा सालीमार ज्वेलर्स सञ्चालन गर्दै आएका राहुल गोयललाई पक्राउ गरेको हो। २०७३ पुस २१ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बरामद गरिएको ३३ किलो सुन तस्करीमा संलग्नता रहेका गोयल एक वर्षयता फरार रहेका थिए।

गतवर्ष दुबईबाट नेपाल ल्याउँदै गरेको अवस्थामा ब्यूरोले सुन बरामद गरेको थियो। उक्त तस्करीमा १२ जना पक्राउ परिसकेको र बाँकी २१ जना फरार रहेको प्रहरीले जनाएको छ। अभियुक्त ३३ जनाविरुद्ध प्रहरीले संगठीत अपराधमा अभियोग दर्ता गरेको छ।

गत पुस २६ गते गोयललाई ब्यूरोले काठमाडौंबाट पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.