|

जाजरकाेट : 'गाउँमै सिंहदरबार अाइपुग्छ' भन्ने अाशमा स्थानीय तहको निर्वाचनमा उत्साहका साथ मतदान गरेका सर्वसाधारण यतिबेला सानो कामका लागि पनि सदरमुकाम धाउनु परेपछि हैरानी खेप्न बाध्य छन्।

गाउँगाउँमा सिंहदरबार सुनेका जनता यतिबेला सानो कामका लागि पनि  सदरमुकाम खलंगामा आउनु पर्दा स्थानीय सरकारको कुनै अनुभूति गर्न नपाएको गुनासो गर्न थालेका छन्। सदरमुकाम खलंगा बाहेक कुनै पनि स्थानीय तहमा बैंकिङ सेवा नहुँदा जनताले पुरानै सास्ती खेप्नु परेको सरोकारवालाको भनाइ छ।

स्थानीय सरकार स्वायत्त र अधिकार सम्पन्न हुने र जनताका सबै काम गाउँबाटै  हुने भनिए पनि मुख्य रूपमा बैंकिङ सेवा, नागरिकता, मालपोतको नापी र अन्य महत्वपूर्ण कामका लागि  स्थानीयलाई  सदरमुकाममा आउनैपर्ने बाध्यता छ।

सदरमुकाम खलंगामा  सरकारी तथा निजी क्षेत्रका आधा दर्जन बैंक भए पनि  अन्य स्थानीय तहमा भने सुरक्षा र अन्य व्यवस्थापनका कारण बैंक  स्थापना हुन सकेका छैनन्। यसले स्थानीयलाई सदरमुकाम खलंगामा नआई सुखै छैन। ‘नारामा मात्र सिंहदरबार गाउँ पुग्यो। हामीलाइ भने सिंहदरबार खोज्न  सदरमुकाममै आउनुपर्ने भयो,’ जुनीचाँदे गाउँपालिका वडा नम्बर २ का धनबहादुर खड्काले भने। मुख्य काम गर्न खलंगा नआई नहुने भएपछि परिवर्तन आयो भन्ने झूट भएको भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.