|
www.cdc.gov

बागलुङ : बागलुङका एक चिकित्सकले अमेरिकामा चामत्कारिक सफलता प्राप्त गरेका छन्। अमेरिकाको जर्जिया राज्यस्थित इन्स्टिच्युट फर बायोमेडिकल साइन्स विश्वविद्यालयमा कार्यरत डा. सुदीप खड्कासहित ११ वैज्ञानिकहरूको टोलीले विश्वमै खतरनाक मानिएको इबोला भाइरसको औषधी पत्ता लगाएको शोधपत्र प्रतिक्ष्ठित ‘एन्टिभाइरल रिसर्च’ जर्नलमा प्रकाशित छ। टोली नेपाली डा. खड्काबाहेक बाँकी सदस्य अन्य मुलुकका छन्।

दुई लाख वटा औषधिको अनुसन्धानबाट तीन वर्ष लगाएर ५६ सम्भावित औषधि पत्ता लागको डा. खड्काले बताए। तीमध्ये एउटा बेन्जोक्विन अनलाइन समूहको औषधिको विस्तृत अध्ययन भएको छ।

‘अन्य भाइरसको भन्दा इबोलाको औषधि खोज अध्ययन १० गुणा बढी चुनौतीपूर्ण थियो तर हाम्रो टोली अध्ययनमा सफल भएको छ। थप औषधि पनि विकासकै क्रममा छन्’, उनले टेलिफोनमा भने, ‘यो औषधि संसारलाई भयभीत बनाइरहेको अर्को ‘जिका भाइरस’विरुद्ध पनि प्रभावकारी देखिएको छ।

यो प्रारम्भिक अनुसन्धानले चाँडै इबोला र जिकाको उपचार हुनसक्ने सम्भावना बढाएको छ। तर बजारमा आउनुभन्दा पहिले यसको प्रयोग विधि, मात्रा र साइड इफेक्टबारे अनुसन्धान गरिँदैछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.