|
फाइल फोटो

चितवन : चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पुनः राति ६ घण्टा बन्द हुने भएको छ। माघेसंक्रान्ति पर्वका कारण चार दिन खुला गरिएको उक्त सडक आजदेखि पुन राति १० देखि ४ बजेसम्म बन्द रहने नारायणगढ मुग्लिक सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए।

यसअघि देवघाटको माघी मेलालाई ध्यानमा राखेर पुस २९ गतेदेखि माघ २ गतेसम्म ४ दिनका लागि उक्त सडक खुला गरिएको थियो। यसअघि यही पुस १८ गतेदेखि राति १० बजेबाट ४ बजेसम्म ६ घण्टा सवारी आवागमन बन्द गरेर भित्तो काट्ने काम भैरहेको थियो।

आयोजनाले रातीमा काम प्रभावकारी नभएको भन्दै परिमार्जन गर्नुपर्नै आवश्यकता भएको बताए। चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले अर्काे निर्णय नभएसम्म राति ६ घण्टा सडक रोकेर काम गर्ने जानकारी दिए। 

गाडी बिग्रने, ओभरटेक गर्ने र निर्माण कार्यले कतैकतै एकतर्फी सडक चल्दा जाम बढ्ने गरेको छ। उत्तः सडकको ३४ किलोमिटर क्षेत्रको सडक विस्तार कार्य जारी छ। दुई पटक म्याद थप्दा पनि अहिलेसम्म ७० प्रतिशत मात्रै काम पूरा भएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.