स्वास्थ्य मन्त्रालयले गठन गर्‍यो वार्ता समिति

|

काठमाडौं : ११ सूत्रीय माग अघिसार्दै आन्दोलनमा उत्रिएको नेपाल नर्सिङ संघले बुतधबार काठमाडौंमा प्रदर्शन गरेको छ।  माइतीघरमा जम्मा भएर मुखमा कालो पाट्टी बाँधेर प्रदर्शनमा सहभागी नर्सहरू शान्तिपूर्ण र्‍याली लिएर नयाँ बानेश्वरसम्म पुगेका थिए।  

युथ नर्स संघले नेपाल नर्सिङ संघको मागमाथि ऐक्यबद्धता जनाउँदै गरेको र्‍यालीमा माहारागञ्ज नर्सिङ क्याम्पसकी स्ववियु सभापति बिमला धमलाले नेपाल नर्सिङ संघले उठाएको माग भनेको ७२ हजार नर्सहरूको माग भएकाले आफूहरूको समर्थन रहेको बताइन्।

उनले भनिन्' 'अहिले नर्सिङ सघले उन मुद्दा उठाएर आन्दोलन गरेको छ, त्यसमा हाम्रो पनि ऐक्यबद्धता छ।' संघले आफ्ना माग पूरा गराउन दबाब दिन भन्दै अहिले दैनिक रूपमा ३ घण्टा सेवा अवरुद्ध गराउँदे आएको छ। र समयमै माग पूरा नभए सो क्रम बढाउँदै लैजाने चेतावनी दिएको छ।

नेपाल नर्सिङ संघको अगुवाइमा भएको अन्दोलमा मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका नर्सिङ कर्मचारीहरूलाई विनासर्त अविलम्ब पुनर्बहाली गर्नुपर्ने, संघीयतामा स्वास्थ्य मन्त्रालयमा छुट्टै अधिकार सहितको नर्सिङ सेवा महाशाखा पुन:स्स्थापना हुनुपर्ने लगायतका माग राख्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

मन्त्रालयले गठन गर्‍यो वार्ता समिति

स्वास्थ्य मन्त्रालयले भने नर्सहरुको मागका सम्ब‍न्धमा वार्ता गरी टुंगोमा पुर्‍याउन मन्त्रालयमा प्रमुख विशेषज्ञ चिकित्सक डा विनोदमान श्रेष्ठको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ। समितिका सदस्यमा डा गुणराज लोहनी, महेन्द्र श्रेष्ठ, नर्सिङ प्रशासक कल्पना सुब्बा र अमृता पहारी, चुणामणि भण्डारी  रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.