सुझाव : चिल्लो कम खानुस्, धेरै कसरत गर्नुस्

|

अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसका डाक्टरले राष्ट्रपति डोनाल्ड ट्रम्प पूर्ण रुपमा स्वस्थ रहेको बताएका छन्।

राष्ट्रपति ट्रम्पको पूर्ण स्वास्थ्य जाँचपछि ह्वाइट हाउसका डाक्टरहरुले उनको स्वास्थ्य पूर्ण रूपमा ठीक रहेको र उनमा कुनै असामान्य लक्षण नभेटिएको बताए।

मंगलबार ट्रम्पको स्वास्थ्य जाँचपछि डाक्टर रोनी ज्याकसनले भने, 'उनको देख्ने, सुन्ने र सोच्ने शक्ति तथा मानसिक स्वास्थ्यलाई लिएर कुनै चिन्ता लिनुपर्ने अवस्था छैन।'

७१ वर्षीय ट्रम्पको गत हप्ता तीन घण्टा लगाएर होलबडी मेडिकल चेकअप गरिएको थियो। राष्ट्रपति निर्वाचित भएपछि ह्वाइट हाउसले ट्रम्पको पहिलोपटक स्वास्थ्य जाँच गरिएको थियो।

यो स्वास्थ्य जाँच ट्रम्पबारे एक किताब प्रकाशित भएपछि गरिएको हो।

'फायर एन्ड फ्यूरी : इन्साइड द ट्रंप व्हाइट हाऊस' नामक उक्त किताबमा लेखक माइकल वूल्फले ट्रम्प मानसिक रुपमा अस्वस्थ रहेको भन्दै उनको स्वास्थ्य अवस्था माथि प्रश्न उठाएका थिए।

डाक्टर ज्याकसनले भनेका छन्, 'ट्रम्पको स्वास्थ्य एकदम ठीक छ।' स्वास्थ्य जाँचपछिका रिपोर्टले देखाएका तथ्यहरुको विश्लेषण गर्दै उनले भने, 'ट्रम्पको स्वास्थ्य रिपोर्टहररु हेर्दा उनी कार्यकालभरी उनी स्वस्थ रहनेछन्। उनको मुटुको धड्कन र स्वास्थ्य त्यतिनै स्वस्थ छ जति मद्यपान र धुम्रपान नगर्ने मान्छेको हुन्छ।'

डाक्टर ज्याकसनले ट्रम्पलाई चिल्लो पदार्थ कम खान र धेरैभन्दा धेरै कसरत गर्न सुझाव दिएका छन्।

गत शुक्रबार अमेरिकी सेनाका डाक्टरहरुले मेरील्यान्ड स्थित बशेज्दामा रहेको वाल्टर रीड मेडिकल सेन्टरमा ट्रम्पको पूरै स्वास्थ्यको जाँच गरिएको थियो। उक्त स्वास्थ्य जाँचमा डाक्टर ज्याकसन पनि सामेल थिए। उनी अमेरिकी राष्ट्रपतिका आधिकारीक डाक्टर हुन्।

उक्त पुस्तक प्रकाशन भएपछि राष्ट्रपति ट्रम्पको स्वास्थ्यलाई लिएर अमेरिकामा विभिन्न आशंका उब्जिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.