|

युक्रेनकी १५ वर्षकी खेलाडी मार्ता कोस्ट्युकले जारी अस्ट्रेलियन ओपन टेनिसमा कीर्तिमान बनाएकी छन्। सन् १९९७ पछि सबैभन्दा कम उमेरमा ग्रान्डस्लाम टेनिसको तेस्रो चरणमा पुग्ने खेलाडी बन्दै मार्ताले इतिहास आफ्नो नाममा बनाएकी हुन्।

मार्ताले दोस्रो चरणको खेलमा अस्ट्रेलियाका ओलिभिया रोकोवास्कालाई २–० को सोझो सेटमा पराजित गर्दै तेस्रो चरणमा स्थान सुरक्षित गरिन्। ५ सय २१औँ वरियताकी उनले पहिलो सेट ६–३ ले जित्दा दोस्रो सेटमा ७–५ को जीत हात पारिन्। उनले अन्तिम ३२ को खेलमा आफ्नै देशकी इलिना स्भितोलिनासँग प्रतिस्पर्धा गर्नेछन्।

सन् १९९७ मा मिर्जना लुकिक कम युएस ओपनको तेस्रो चरणमा पुगेर कम उमेरमा अन्तिम ३२ मा पुग्ने खेलाडीको रेकर्ड बनाएकी थिइन्। मार्ता अस्ट्रेलियन ओपनको छनोट चरण पार गरेर प्रतिस्पर्धामा भाग लिएकी हुन्। गत वर्ष उनले अस्ट्रेलियन गर्ल्स च्याम्पियनको उपाधि जितेकी थिइन्।

जीतपछि मार्ताले यो खुसी आफ्नो लागि मात्र नभएर सिंगो देश र परिवारको भएको बताइन्। उनले थप राम्रो गर्दै अघिल्लो चरण प्रवेश गर्ने अठोट व्यक्त गरिन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.