|

भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले भारतको स्वार्थ पूरा नभएसम्म सरकारले प्रदेशको राजधानी घोषणा नगर्ने बताएका छन्। भक्तपुर नगरपालिकाको दोस्रो नगरसभामा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष बिजुक्छेंले प्रदेशको राजधानी तोक्दा अहिलेको सुगमता हेर्नुभन्दा पनि भविष्यको विकासलाई हेर्नुपर्ने बताए।

अध्यक्ष बिजुक्छें देशको सन्तुलित विकास हुने गरी प्रदेशको राजधानी तोक्नुपर्ने बताए। उनले भने, नयाँ ठाउँमा नयाँ राजधानी बनाउन दिनुप¥यो, नयाँ ठाउँमा सुघमता दिनुपर्‍यो। देशमा सन्तुलित विकास गर्नुपर्‍यो।

ऐन कानुनको अभावमा निर्वाचित जनप्रतिनिधिहरुले जनताको अकांक्षा बमोजिम काम गर्न नसकेको टिप्पणी गर्दै उनले भने, ऐन कानुन नबनाइकन अचानक रुपमा निर्वाचन गर्दा समस्याहरु आएका छन। स्थानीय तहले के के काम गर्नुहुन्छ, के गर्नु हुन्न सबै जिम्मेवारी नै दिएको छैन।

राजनीति भनेको सिद्धान्त, विचार र नयाँ समाजको निर्माणको परिकल्पनामा चल्नुपर्नेमा यो सबै कुराको थाँती राखेर दलहरु सरकारमा को जाने कति पैसा खाने आफ्नो मान्छे कसरी भर्ती गर्ने भन्नेमा लागेकोले राजनीतिक अस्थिरताको अन्त्य नभएको उनको कथन थियो।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नपाले चालु आर्थिक वर्ष २०७४÷०७५ लागि विनियोजित ३१ करोड ९४ लाख ९८ हजार मध्ये वडा स्तरका योजनाहरुको कार्यान्यन तिब्र रुपमा भईरहेको बताउँदैं नगर स्तरिय योजनाको प्राविधिक कार्य भइरहेको जानकारी दिए।

निर्वाचित भईसकेपछि नगरको सरसफाईका लागि विशेष योजना कार्यान्वयन ल्याइसकेको जानकारी दिँदै नगर प्रमुख प्रजापतिले नक्सा पास नहुनु, आर्थिक अभाव र एउटै कित्ता जग्गामा साझा स्वामित्व भएका कारण भूकम्प पीडितहरुले दोस्रो किस्ता पाउन नसकेको बताए।

सो अवसरमा उपप्रमुख रजनी जोशी, सांसद प्रेम सुवाल, प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं, संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलिया, सहसचिव पुरुषोत्तम नेपाल, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, वडा अध्यक्ष उकेश कवाँ, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोहितराज पोखरेलले स्थानीय तहलाई आवश्यक कानुन यथाशक्य छिटो निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.