|

धनकुटा : धनकुटालाई प्रदेश नम्बर–१ को राजधानी घोषणाको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच बुधबार झडप भएको छ। क्षेत्रीय प्रशासन कार्यालयमा तालाबन्दी गर्ने क्रममा झडप हुँदा दुई जना प्रदर्शनकारी घाइते भएका छन्। झडपका क्रममा धनकुटा–६ का जेसिज श्रेष्ठ र अजित पाख्रिन घाइते भएका हुन्। 

श्रेष्ठको टाउकोमा चोट लागेको छ भने पाख्रिनको हातमा चोट लागेको आन्दोलन परिचालन समिति संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी दिए। प्रहरीले सुरक्षाका लागि बोकेको ढाल प्रदर्शनकारीले फुटाएर फालेका छन्। आक्रामक रूपमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले प्रहरीको सुरक्षा घेरा तोड्दै गेटबाट भित्र पसेका थिए। मुल गेटमा दर्जनौंको संख्यामा रहेका सुरक्षाकर्मीको घेरा तोडेर प्रदर्शनकारी कार्यालय हाताभित्र प्रवेश गर्दा स्थिति तनावग्रस्त बनेको हो। सोही क्रममा आन्दोलनकारीले कार्यालयमा ढुंगासमेत प्रहार गरे।

अहिले पनि आन्दोलनकारीले कार्यालय घेराउ गर्दै नाराबाजिसहति प्रदर्शन गरिरहेका छन्। यसैबीच, बन्द अवज्ञा गरेको भन्दै बुधबार धनकुटामा एउटा मोटरसाइकल आन्दोलनकारीले तोडफोड गरेका छन्। धनकुटा–६ स्थित ढाटमा को.२६ प ५६११ नम्बरको मोटरसाईकल आन्दोलनकारीले तोडफोड गरेका हुन्। प्रदेशको केन्द्रका लागि हरेक हिसावले उपयुक्त रहेको भन्दै धनकुटालाई केन्द्र नतोकेको भन्दै बुधबारदेखि पुनः अनिश्चितकालिन आमहड्ताल आह्वान गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.