|

मणिपुर : भारतको मणिपुर राज्यअन्तर्गत काङलातोम्बीमा एक नेपाली लघुकथासंग्रह विमोचन भएको छ। लामो समयदेखि नेपाली साहित्य क्षेत्रमा कलम चलाउँदै आएका मणिपुरका देवीप्रसाद सुँयल ‘मामा’ले लघुकथा ‘एक थोपा आँसु’ नामक लघुकथासंग्रहको सार्वजनिक गरेका हुन्। यो उनको सातौँ कृति हो।

गोर्खा ज्योति प्रकाशन, मणिपुर भारतद्वारा प्रकाशित उक्त कृतिमा ७५ वटा लघुकथाहरू समावेश छन्। विशेषगरी नेपाली परिवेशको वरिपरि घुमेको उक्त संग्रहमा नेपाली संस्कृति, भाषा, पहिचान, राजनीतिलगायतको विषय उठान गरेका छन्।

आफूलाई ‘डायस्पोरिक’ साहित्यकार भन्न रुचाउने सुँयलले नेपाली लघुकथा विधामा मात्रै चारवटा कृतिहरू बाबा, आमा, सासु र माइती, कवितासंग्रह कौब्रुको काखबाट र मणिपुरेली नारीको नाममा समर्पित इचे शर्मिला कवितासंग्रह प्रकाशन गरिसकेका छन्। विमोचित कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका एक्ज्युकेटिभ मेम्बर, सदरहिल मणिपुरका विकास बस्नेतले मणिपुरेली नेपाली साहित्यमा सुँयलले चालेको कदमको प्रशंसा गर्दै अन्य मणिपुरेली नेपालीले पनि उक्त कदम चाल्नुपर्नेमा जोड दिएका थिए।

त्यस्तै, कृतिको समीक्षा गर्दै वरिष्ठ समालोचक रामप्रसाद पौड्यालले सुँयलका यसअघिका लघुकथाहरू व्यक्तिगत र पारिवारिक सम्बन्ध जोडेर शीर्षक दिएका भए तापनि यस पटकको कृति भने त्यसभन्दा माथि उठेर मानवीय संवेदनामा आधारित रहेको बताए। कार्यक्रममा मिलन प्रधान, थाङसोन लोबाप्पुई, भारत असमका डा. हर्कबहादुर क्षेत्री तथा नेपालका पत्रकार छविलाल दवाडीले सुँयलको लेखनयात्राकाे निरन्तरताको कामना गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.