|

कालीकोट : जिल्ला अस्पताल कालीकोटमा रहेको एम्बुलेन्स तीन महिनादेखि बिग्रिएर मर्मत हुन नसक्दा बिरामीलाई सास्ती भएको छ। 

जिल्लाको एक मात्र अस्पतालमा १० वर्षअघि भारतीय दूतावासको सहयोगमा खरिद गरी संचालनमा ल्याइएको नेपाल रेडक्रस सोसाइटी कालीकोटको उक्त एम्बुलेन्स जिल्ला अस्पतालमै थन्किएपछि बिरामीलाई सास्ती भएको हो। 

थन्किएको एम्बुलेन्सका पार्टपूर्जाहरू काम नलाग्ने भएका छन्। 

१५ शैया रहेको जिल्ला अस्पतालमा मौसमी ज्वरोका बिरामीको  चाप दिनदिनै बढे पनि एम्बुलेन्स नहुँदा बिरामीहरू मारमा पर्ने गरेका छन्। 

एम्बुलेन्स नहुँदा बिरामीहरु कतै रिफर गर्नुपर्दा बिरामीलाई समस्या हुने गरेको जिल्ला स्वास्थ्य प्रमुख डा. कौशल ओलीले बताए। ‘जिल्लामा रहेको अस्पतालमा एक मात्र एम्बुलेन्स मर्मत नहुँदा बिरामी तथा बिरामीका आफन्त समस्यामा छन्’, उनले भने, ‘बिरामीको ज्यानसमेत खतरामा पर्ने अवस्था छ।’

जिल्ला अस्पताल कालीकोटमा हिजोआज बिरामीहरूको चाप बढ्दै गएको र धेरै बिरामी बढेपछि बिरामीलाई बेडको अभाव भइरहेको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष कृष्णबहादुर सिंहले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.